काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनसँग सम्बन्धित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन जी मुभमेन्ट अलायन्सले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले आन्दोलनबारे बनेको छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले घटनाबारे सत्य तथ्य सार्वजनिक नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।
माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले प्लेकार्डसहित सरकारविरुद्ध नाराबाजी गर्दै पारदर्शिता र जवाफदेहिताको माग गरेका थिए। उनीहरूले आन्दोलनका क्रममा भएका घटनाबारे निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका छन्।
जेन जी मुभमेन्ट अलायन्सले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्