Skip to content

पाँचखालका किसानलाई आलु खन्ने चटारो, मूल्य नपाउँदा निराश (सात तस्विर)

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । काभ्रेको पाँचखालका किसानलाई अहिले आलु खन्न धमाधम छ। व्यापारी र उपभोक्ता आलु किन्न खेतबारीमै पुगिरहेका छन् । खेतबारीमै पुग्ने हो भने १२–१५ रुपैयाँ किलोले आलु पाइने गरेको छ । आलुले मूल्य नपाएपछि किसान चिन्तित छन्। आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ ।

आलुले किन भाउ पाएन भनेर किसानहरु पनि अनभिज्ञ छन् । लामो समयपछि आलुको भाउ यति धेरै घटेको उनीहरुको अनुभव छ । किसानहरुका अनुसार गत साल २५ रुपैयाँसम्म बिक्री भएको थियो किलोको । यसपालि १२ रुपैयाँसम्म झरेको छ । किसानहरु भन्छन्- लगानी उठ्दैन यसपालि। बिउ र खाजा/खेतालाको मात्र लगानी उठ्छ ।

सरकारले किसानलाई मर्का नपर्ने गरी न्यूनतम मूल्य तोक्नुपर्ने वा सरकारले नै किन्नुपर्ने किसानको भनाइ छ । उनीहरु भन्छन्– हामीले मूल्य पाएका छैनौं उपभोक्ताले महँगोमा किन्नुपर्छ। यो कुरामा बालेन सरकारले ध्यान देओस्। आलुमा मात्र होइन अरु कृषि उत्पादनको पनि यस्तै समस्या छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार