Skip to content

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो ।

बजार घट्दा पनि कारोबार रकम बढेको छ, अघिल्लो दिन १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९ करोडको भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशत बढ्यो । अघिल्लो दिन पनि यहीं समूह सबैभन्दा धेरै ९.९ प्रतिशत बढेको थियो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत रहेकोमा तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ३.७७ प्रतिशत बढेसँगै व्यापार समूह आज पनि सबैभन्दा धेरै बढेको हो ।

त्यस्तै उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत बढेको छ । अरु सबै समूहका सूचक घटे । बैंकिङ १. ४०, विकास बैंक २.३२, फाइनान्स २.०९, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.५३, जीवन बीमा १.३९, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा १.१५ तथा अन्य समूह १.७० प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पन्चकन्या माइ हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो ।

अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशत घट्यो । सालपा विकास बैंकको ६।९९, कर्पोरेट डेभलपमेन्टको ६.७१, सिन्धु विकास बैंकको ६.०९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार