काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फसेका व्यावसायिक जहाजहरूको सहयोगका लागि नयाँ पहल ‘प्रोजेक्ट फ्रिडम’को घोषणा गर्नुभएको छ । ट्रम्पले यो पहल महत्वपूर्ण समुद्री मार्गबाट आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकी सहयोग माग गरेका विश्वका विभिन्न देशहरूका लागि ल्याइएको बताउनु भएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै विश्वभरका धेरै देशहरूले हर्मुज जलमार्गमा फसेका आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा निकाल्न अमेरिकालाई अनुरोध गरेको बताउनु भएको छ । ट्रम्पले यस पहललाई मानवीय प्रयासका रूपमा व्याख्या गर्दै यसको उद्देश्य चालक दल र व्यावसायिक ढुवानीको सुरक्षा सुनिश्चित गर्नु रहेको प्रस्ट पार्नु रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले धेरै जहाजहरूमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भइरहेको उल्लेख गर्दै ठूलो संख्यामा रहेका चालक दलका सदस्यहरूका लागि स्वस्थ र स्वच्छ वातावरण आवश्यक रहेको पनि बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिनिधिहरूले इरानसँग निकै सकारात्मक छलफल गरिरहेको समेत बताउनु भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्