काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलको दज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।
सरकारद्वारा महानिरीक्षक पदमा नियुक्त भएपछि आयोजित उक्त कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उनलाई औपचारिक रूपमा दज्यानी चिन्ह प्रदान गर्दै जिम्मेवारी सम्हाल्ने अवसर दिइएको हो।
कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक पौडेलले संगठनको व्यावसायिकता, अनुशासन र जनविश्वास अभिवृद्धिमा आफू प्रतिबद्ध रहने बताएका छन्। उनले सीमासुरक्षा, विपद् व्यवस्थापन तथा आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाउनेतर्फ ध्यान दिने उल्लेख गरे।
दज्यानी चिन्ह सुशोभनसँगै उनले सशस्त्र प्रहरी बल नेपालको नेतृत्व औपचारिक रूपमा सम्हालेका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्