Skip to content

महासंघको ६०औँ साधारणसभा सम्पन्न, निजी क्षेत्र सशक्त बनाउने प्रतिवद्धता (सात तस्विर)

कालोपाटी

२० मिनेट अगाडि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। राजधानीमा आयोजित उक्त साधारणसभामा मुलुकभरका उद्योगी–व्यवसायी, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभामा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानी वातावरण सुधार, निजी क्षेत्रको भूमिका तथा औद्योगिक विकासका चुनौती र अवसरबारे विस्तृत छलफल गरिएको महासंघले जनाएको छ। साथै, नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण र आर्थिक पुनरुत्थानका लागि सरकारसँग सहकार्य गर्ने विषयमा समेत जोड दिइएको थियो।

कार्यक्रममा महासंघका पदाधिकारीहरूले निजी क्षेत्रलाई थप सशक्त बनाउन आवश्यक रणनीति, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका विषयमा आफ्ना धारणा राखेका थिए।महासंघले ६० वर्षे यात्राको समीक्षा गर्दै आगामी दिनमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार