काठमाडौँ । क्षेत्रीय सुरक्षा तनावका कारण करिव दुई महिनादेखि अनलाइन माध्यमबाट अध्ययन गरिरहेका कुवेतका माध्यमिक तहका विद्यार्थी आईतवारदेखि पुनः विद्यालय फर्किएका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै लागू गरिएको ‘डिस्टेन्स लर्निङ’ (दूरशिक्षा) को अन्त्य गर्दै सरकारले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कुवेतको शिक्षा मन्त्रालयले गत अप्रिल २८ मा गरेको घोषणाअनुसार कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि मे ३ देखि चरणवद्ध रूपमा विद्यालय सञ्चालन गर्ने योजना अनुरूप यो कदम चालिएको हो । शैक्षिक गतिविधिहरूलाई क्रमशः सामान्य अवस्थामा फर्काउने सरकारको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
विद्यालयमा भौतिक पठनपाठन पुनः शुरु भएसँगै छात्र तथा छात्रा दुवैका लागि स्कुल बस सेवा समेत सुचारु गरिएको छ । यसले विद्यार्थीहरूलाई विद्यालयसम्मको पहुँचमा सहजता पुग्ने र पूर्ण रूपमा क्याम्पस आधारित सिकाइमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि क्षेत्रीय तनावका कारण सुरक्षा जोखिम बढ्नसक्ने आकलन गर्दै कुवेतले केही समयका लागि विद्यालयहरूमा भौतिक उपस्थिति बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्