Skip to content

भृकुटी मण्डपमा दक्षिण एसियाली व्यापार मेला (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा गत बिहीबारदेखि ‘साउथ एसिया ट्रेड फेयर’ (दक्षिण एसियाली व्यापार मेला) सञ्चालनमा रहेको छ । दक्षिण एसियाली राष्ट्रहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्ने, उत्पादन तथा सेवाको प्रवर्द्धन गर्ने र क्रेता–विक्रेताबीच सहकार्य बढाउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

मेलामा दक्षिण एसियाली मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । आयोजकका अनुसार मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकलाका वस्तु, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधिसम्बन्धी सामग्री तथा घरेलु उपकरणहरू प्रदर्शनमा छन् ।

लामो समयदेखि सुस्त बनेको व्यापारिक वातावरण र लगानीसम्बन्धी अन्योलबीच निजी क्षेत्रलाई चलायमान बनाउन मेलाले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । मेलामार्फत व्यवसायीहरूले नयाँ बजारको सम्भावना खोज्नुका साथै अन्तरदेशीय व्यापार विस्तारका अवसरसमेत प्राप्त गर्ने विश्वास आयोजकको छ । वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा आयोजक राष्ट्र नेपालसहित भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्सका उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार