काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले सेनाको दुरुपयोग गरेर सुकुम्वासी बस्तीमा आतंक मच्चाएको आरोप लगाए।
उनले भने, ‘नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन पठायो ? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो र ? त्यसको उत्तर चाहिन्छ।’
उनले देश आज अभिभावक विहीन बनेको जिकिर गरे। उनले सरकारको औचित्य नभएको भन्दै असफल भइसकेको बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्