Skip to content

३९ अङ्कले घट्यो शेयर बजार

कालोपाटी

६ सेकेण्ड अगाडि

काठमाण्डौ । हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४४ अङ्कले घटेर २ हजार ७४४ दशमलव ४० विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज २५१ वटा कम्पनीको शेयर घटेकोमा १३ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर झन्डै साढे १२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन धौलागिरि लघुवित्तको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ४ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार