काठमाण्डौ । भारतको उत्तर प्रदेशमा गए राति आएको ठूलो आँधी र वर्षाका कारण ५६ जनाको ज्यान गएको छ । दर्जनौँ मानिस घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ । तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू र बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन् ।
अधिकांश ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर भएको हो । आँधीका कारण मानिसका साथै पशु चौपायाको पनि ठूलो क्षति भएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ । आँधीका कारण धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ ।
मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्