काठमाडौं । गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुर्ननिर्माण कार्य सुरु गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, ए.सी जडान गर्ने काम भई रहेको छ ।
क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुर्ननिर्माण कार्य सुरु गरिसकेको छ । आन्दोलनका क्रममा सो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयको नवनिर्मित भवनमा बस्दै आएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्