Skip to content

इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दाबी

कालोपाटी

१ घण्टा अगाडि

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दाबी गर्नुभएको छ ।

उहाँले कतार, साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ ।

यसैबीच इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ । गएको फेब्रुअरी २८ तारिखमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरु गरेका थिए, जवाफमा इरानले खाडी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो ।

पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ । अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार