Skip to content

संसदमा विपक्षीको नारा : निरङ्कुश सरकार मुर्दावाद (सात तस्विर)

कालोपाटी

२३ मिनेट अगाडि

काठमाडौँ । विपक्षी राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध गरे पनि सभामुखले डीपी अर्यालले पेलेर संसद् चलाएपछि विपक्षी दल एमाले, नेकपा लगायतका सांसदले संसदमै नाराबाजी गरेका हुन् ।

विपक्षीको विरोधका कारण पहिलो बैठक स्थगित गरेका सभामुखले बिहीबारको दोस्रो बैठक विपक्षीका माग मुद्दा सम्बोधन गर्न छाडेर पेलेर अघि बढेका हुन् ।

सभामुख अर्यालले बैठकको कामकारबाही अघि बढाएपछि विपक्षी सांसदहरूले संसदमा नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद र निरङ्कुश सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार