काठमाडौँ । नेपालमा पछिल्लो समय केहि कुराले सबैभन्दा भ्रमित बनाएको छ भने त्यो हो- एक्स्ट्रिम नामक ड्रिङ्क । भन्नलाई इनर्जी ड्रिङ्क भनिए पनि मात्र चिनी पानीको झोल, यो ड्रिङ्क पिउनु घातक छ भन्ने चर्चाका बीच, यसले मुटु, मस्तिष्क, निद्रा, मानसिक स्वास्थ्य र मेटाबोलिजममा नकारात्मक असर पार्न सक्ने भन्दै चिकित्सकहरूले चेतावनी दिईरहेका छन् । अझ बालबालिकालाई त यो ड्रिङ्क बिक्री गर्नु नै गलत हो भन्ने विषय पनि जल्दोबल्दो विषय बनिरहेको छ । तर ‘मन्द विष’को उपमा पाएको यो एक्सट्रिम इनर्जी ड्रिङ्क कतिसम्म घातक छ भन्ने तथ्य कालोपाटीले गरेको एउटा रिसर्चले देखाएको छ ।
९५ प्रतिशत डाक्टरको सुझाव- ‘एक्सट्रिम इनर्जी ड्रिङ्क घातक छ, नपिएको राम्रो’
हामीले एक्सट्रिम इनर्जी ड्रिंकमा भएका तत्वहरु उल्लेख गरेर विभिन्न डाक्टरहरुलाई यस विषयमा सोध्यौँ । हामीले प्रश्न गरेका कुल २६ जनामा २५ जनाले यो ड्रिङ्क कुनै पनि कोणबाट इनर्जी ड्रिङ्क नभएको र यसलाई पिउनु घातक भएको प्रतिक्रिया दिए । यसै पनि चिनीको मात्रा अत्याधिक, त्यसमाथि पनि घातक केमिकल भएका कारण यो ड्रिङ्क पिउन लायक नभएको ती डाक्टरहरुको भनाई छ ।

प्रश्न गरिएका २६ जना मध्ये ११ जनाले त एक्सट्रिम लगायतका इनर्जी ड्रिङ्कलाई मन्द विष नै भन्दा फरक नपर्नेसमेत दाबी गरे । प्रश्न गरिएकामध्ये २ जनाले एक्सट्रिममात्र नभई म्याक्स टाइगर, रेड बुलजस्ता पेय पद्धार्थ पनि खासमा इनर्जी ड्रिङ्क नभई चिनी पानी मात्र भएको दाबी गरे ।
प्रश्न गरिएका २६ जनामध्ये १ जनाले भने कहिलेकाहिं कमजोर महसुस गर्दा एक्सट्रिम इनर्जी ड्रिंक खाँदा फरक नपर्ने राय व्यक्त गरे । ‘कहिलेकाहिँ खाँदा केहि फरक पर्दैन । यसमा अत्याधिक चिनी हुने हुँदा कहिलेकाहिँ निकै कमजोर महसुस हुँदा एक्सट्रिम खाँदा केहि पनि फरक पर्दैन ।’ ती डाक्टरले कालोपाटीसँग भने, ‘तर, लतचाहिँ बनाउनु हुँदैन ।’
अपरेशन एक्सट्रिम-२ : तपाईंका कलिला छोराछोरीहरुले लुकीलुकी पिईरहेका छन् एक्सट्रिम नामक ‘मन्द बिष’ !
१०० प्रतिशत डाक्टरकै चेतावनी -‘बालबालिकालाई त छुन पनि दिनुहुन्न’
यता, हाम्रो प्रश्नमा सहभागी २६ जनाले नै यो एक्सट्रिम इनर्जी ड्रिङ्क बालबालिकालाई भने छुन पनि दिन नहुने बताए ।यो ड्रिङ्क बयस्कहरुका लागि मात्र बनाएको भन्दै बालबालिकाहरुलाई यो इनर्जी ड्रिङ्क प्रयोग गर्न दिन नहुने तर्क ती डाक्टरहरुको थियो । अझ हाम्रो प्रश्नमा सहभागी ३ जनाले त एक्सट्रिमजस्ता इनर्जी ड्रिङ्क बिक्री वितरणमा बालबालिकालाई सहभागी गराउनु स्वास्थको दृष्टिकोणले मात्र नभई कानुनी रुपमा पनि अपराध भएको दाबी गरे । ‘विदेशमा प्रष्टसँग यस्तो इनर्जी ड्रिङ्क बिक्री कुन उमेर समूहमा गर्न पाइन्छ, कुनमा पाइन्न भन्ने प्रष्ट कानुन बनाइएको हुन्छ । नेपालमा केहि कानुन भए पनि कार्यान्वयन भएको छैन । तर बालबालिकालाई एक्सट्रिमजस्ता इनर्जी ड्रिङ्क प्रयोग गर्न दिनु सरासर अपराध हो ।’ ती डाक्टरले कालोपाटीसँग भने, ‘यसमा अभिभावक र सरकार दुवै सचेत हुनुपर्छ ।’

कालोपाटीले सम्पर्कमा रहेका कुल २६ जना डाक्टरहरुलाई एक्सट्रिम इनर्जी ड्रिङ्क कतिको घातक भनेर प्रश्न गरेको थियो । अधिकांशले यसको आक्रामक प्रचारको विरोध गर्न आवश्यक रहेकोसमेत बताए । आफुहरुले कतिपय मेला महोत्सवमा बालबालिकाले समेत एक्सट्रिम, रेडबुल, म्याक्स टाइगरजस्ता इनर्जी ड्रिङ्कको उपभोग गरेको देखेको बताउँदै ती डाक्टरहरुले यस्ता इनर्जी ड्रिङ्कको लत लागे, बालबालिकाको शरीरमा दीर्घकालीन असर पर्नेसमेत बताए ।
कालोपाटीले गरेको रिसर्चका क्रममा डाक्टरहरुलाई एक्सट्रिम इनर्जी ड्रिङ्कले पार्ने असर र नागरिकलाई सुझाव के छ भनेर प्रश्न गरेको थियो । अधिकांश डाक्टरहरुले यस्तो इनर्जी ड्रिङ्कले फाइदा नपुग्ने नै दाबी गर्दै नागरिकलाई सकेसम्म यस्ता इनर्जी ड्रिंक उपभोग नगर्न सुझाव दिए । कालोपाटीको रिसर्चमा बीर अस्पतालमा कार्यरत डाक्टरदेखि अन्य प्राइभेट अस्पतालहरुमा कार्यरत डाक्टरहरुकोसमेत सहभागिता थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्