Skip to content

एक्सट्रिम इनर्जी ड्रिङ्क खानेहरु होसियार !, क्यानभित्र भेटियो घीनलाग्दो लेदो, एनर्जी होइन दिन सक्छ एलर्जी !

कालोपाटी

२२ मिनेट अगाडि

काठमाडौँ । स्याङ्जाको पुतलीबजारस्थित आफ्नो दोकानमा राखिएको एक्सट्रिम एनर्जी ड्रिङ्कमा घीनलाग्दो लेदो भेटिएपछि व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । पुतलीबजार नगरपालिकामा अर्याल खाजा घर संचालन गर्दै आएका व्यवसायी कृष्ण अर्यालले एक्सट्रिम इनर्जी ड्रिङ्क नामक ड्रिङ्कमा घीनलाग्दो लेदो देखेपछि सरकारको समेत यसमा ध्यानाकर्षण गराएका छन् ।

व्यवसायी अर्यालले भने यस विषयमा कम्पनीले प्रष्ट पार्नुपर्ने बताएका छन् । आफूकहाँ एक्सट्रिम पिउन आएका ग्राहकले स्वाद र बाक्लोपनमा कम्प्लेन गरेपछि ती व्यवसायीले कचौरामा सो ड्रिङ्क खन्याएका थिए । ड्रिङ्क कचौरामा खन्याउँदा हेर्दै घीनलाग्दो लेदो देखिएको ती व्यवसायीको भनाई छ ।
झट्ट हेर्दा कुनै मरेर फालिएको जीव जस्तो देखिने लेदो एक्सट्रिमको ड्रिङ्क बिग्रिएको वा डेट एक्सपायर भएको स्थितिमा हुन सक्ने कम्पनीका अधिकारीहरु बताउँछन् । तर, यसरी बिग्रिएका ड्रिंकहरु देशका कुन कुन स्थानमा पुगेका छन् भन्नेबारे भने कम्पनीका अधिकारीहरुले आफुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्य सामाग्रीको परीक्षण गरी गुणस्तर परीक्षण गर्ने गरेको छ । तर पहुँच र पावरका भरमा एक्सट्रिमको भने हालसम्म परीक्षण नगरिनुले पनि कम्पनीको बदमासी कुन हदसम्म छ भन्ने शंका गर्ने ठाउँ प्रसस्तै छ ।

Kalopati RESEARCH : ९६ प्रतिशत डाक्टरको सुझाव- ‘एक्सट्रिम इनर्जी ड्रिङ्क घातक छ, बच्चालाई बेच्नु त अपराध हो’

अपरेशन एक्सट्रिम-३ : बालबालिकाको स्वास्थमा मात्र होइन, राजश्व छली गरेर सरकारमाथि नै प्रहार, काभ्रेमा प्रहरी सफल !

अपरेशन एक्सट्रिम-२ : तपाईंका कलिला छोराछोरीहरुले लुकीलुकी पिईरहेका छन् एक्सट्रिम नामक ‘मन्द बिष’ !

 

अपरेशन एक्सट्रिम-१ : ‘एक्सट्रिम’ र ‘म्याक्स टाइगर’का नाममा मन्द विषको व्यापार, इनर्जी कम, एलर्जी अपार !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार