Skip to content

इस सप्ताह एआई की दुनिया में क्या हुआ? आइए देखें इस सप्ताह के एआई अपडेट!

कालोपाटी

४ घण्टा अगाडि

open-weight AI मोडेल जोगाउन प्रविधि कम्पनीहरूको साझा अपिल

मेटा, माइक्रोसफ्ट, एनभिडिया, IBM, डेल टेक्नोलोजिज लगायत दुई दर्जनभन्दा बढी प्रविधि कम्पनी संस्थाहरूले अमेरिकी नीतिनिर्माताहरूलाई open – weight AI मोडेलहरूको संरक्षण गर्न आग्रह गर्दै एउटा खुला पत्र जारी गरेका छन्। open – weight AI मोडेल भनेको तालिम प्राप्त प्यारामिटरहरू सार्वजनिक गरिने AI प्रणाली हो, जसलाई जोकोहीले डाउनलोड गरी जाँच्न, परिमार्जन गर्न आफ्नै हार्डवेयरमा चलाउन सक्छजुन OpenAI वा एन्थ्रोपिक जस्ता कम्पनीहरूले API मार्फत मात्र पहुँच दिने गर्छन् 

पत्रमा तर्क गरिएको कि open – weight मोडेलहरूले स्टार्टअपहरू सार्वजनिक संस्थाहरूको लागि लागत घटाउँछन्, प्रतिस्पर्धा बढाउँछन्, कम्पनीहरूलाई एउटै विक्रेतामा निर्भर हुनबाट जोगाउँछन्। सुरक्षाको प्रश्नमा, हस्ताक्षरकर्ताहरूले closed मोडेलहरू स्वतः बढी सुरक्षित हुन्छन् भन्ने धारणालाई चुनौती दिँदै, यसलाई पुरानो open transparency बहससँग तुलना गरेका छन्। पत्रलेडिस्टिलेसन‘ (एउटा मोडेलको प्रतिफल प्रयोग गरेर अर्को मोडेल तालिम दिने प्रविधि) लाई पनि वैध अभ्यासको रूपमा बचाउ गरेको , जुन DeepSeek जस्ता चिनियाँ मोडेलहरूसँग जोडिएको विवादपछि चर्चामा आएको थियो।

यो पत्रमा कुनै ठोस कानूनी प्रस्ताव भने राखिएको छैन, तर यसले पूर्वाधार चिप निर्माता कम्पनीहरूले AI नीति कुन दिशामा जाओस् भन्ने चाहन्छन् भन्ने संकेत गर्छ। पत्रले कम्प्युटिङ स्रोतमा पहुँच विस्तार गर्न, साझा डेटासेट निर्माण गर्न, खुला मोडेलहरूमाथिअकालमै प्रतिबन्धनलगाउन आग्रह गरेको छ।

OpenAI ले ChatGPT मा सुरु गर्योहेल्थसुविधा

OpenAI ले आफ्नो ChatGPT मा नयाँहेल्थसुविधा ल्याएको , जसले १८ वर्षमाथिका प्रयोगकर्ताहरूलाई Apple Health डेटा चिकित्सा अभिलेखहरू सिधै च्याटसँग जोड्न दिन्छ अब यो जानकारी छुट्टैहेल्थखण्डमा मात्र सीमित नरहेर जुनसुकै वार्तालापमा प्रयोग हुनेछ। कम्पनीले अघिल्लो परीक्षणमा धेरैजसो स्वास्थ्यसम्बन्धी कुराकानी छुट्टै हेल्थ खण्डभन्दा बाहिर नै भएको पाएपछि यो परिवर्तन गरेको हो।

एकपटक जोडिएपछि, ChatGPT ले औषधि, प्रयोगशालाको नतिजा, निद्राको गतिविधि हेरेर व्यक्तिगत सुझाव दिन सक्छ प्रारम्भिक प्रयोगकर्ताहरूकाअनुसार यसले छरिएका चिकित्सा इतिहासलाई व्यवस्थित पार्न, समयसँगै देखिने ढाँचाहरू पहिचान गर्न, म्यानुअल डेटा निकाल्ने झन्झट घटाउन सहयोग गरेको छ। तर OpenAI ले यो सुविधा सहयोगका लागि मात्र हो भनी स्पष्ट पारेको छ।

यो सुविधा नयाँ मोडेल GPT-5.5 इन्स्ट्यान्ट GPT-5.6 सोलमा आधारित , जसलाई चिकित्सकहरूको सहभागितामा , तयार परिदृश्यहरू प्रयोग गरी परीक्षण गरिएको थियो। कम्पनीका अनुसार हप्तामा ३० करोडभन्दा बढी स्वास्थ्यसम्बन्धी प्रश्नहरू ChatGPT मा आइरहेका छन्।

गोपनीयताका हकमा, जोडिएको स्वास्थ्य डेटा AI तालिम वा विज्ञापन लक्ष्यीकरणमा प्रयोग नहुने, प्रयोग गर्नुअघि अनुमति माग्ने, स्रोत हटाएको ३० दिनभित्र डेटा मेटिने व्यवस्था 

 

AMD ले एन्थ्रोपिकमा अर्ब डलरसम्म लगानी गर्ने सहमति गर्यो

चिप निर्माता कम्पनी AMD ले AI कम्पनी एन्थ्रोपिकमा अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको छ। यो सम्झौता खर्बौं डलर बराबरको AI पूर्वाधार समावेश गर्ने ठूलो सम्झौताको एक हिस्सा हो। एन्थ्रोपिकले AMD को Instinct MI450-श्रृंखलाका एक्सेलेरेटरहरू (Helios प्रणाली, MI455X GPU, EPYC ‘Venice’ प्रोसेसर, ROCm सफ्टवेयर) प्रयोग गरी दुई गिगावाटसम्मको कम्प्युटिङ क्षमता स्थापना गर्नेछ । यसअघि AMD ले OpenAI  र मेटा सँग पनि उस्तै प्रकारका सम्झौता गरिसकेको छ।

एन्थ्रोपिकले हाल विभिन्न प्रकारका हार्डवेयर प्रयोग गरिरहेको जसमा दस लाखभन्दा बढी Amazon Trainium2 चिप, गुगलका TPU, SpaceX को Colossus र एनभिडियाका GPU समेत पर्छन्। कम्पनीका अनुसार, धेरै हार्डवेयर आपूर्तिकर्तासँग काम गर्दा सही काम सही प्रणालीमा चलाउन सजिलो हुन्छ।

यस सम्झौतामा एउटा इन्जिनियरिङ साझेदारी पनि समावेश , जसअन्तर्गत Claude ले AMD का चिप सफ्टवेयर अनुकूलन गर्न मद्दत गर्नेछ भने  AMD ले आफ्नो आन्तरिक काममा Claude प्रयोग गर्नेछ । बनाएको छ। यो सम्झौता सार्वजनिक भएपछि AMD को सेयर मूल्य . प्रतिशतले बढेको थियो ।

 

गुगलले सार्वजनिक गर्यो नयाँ Gemini 3.6 Flash र 3.5 Flash-Lite मोडेल 

गुगलले उद्यम (enterprise) AI एजेन्टहरूको लागि ढिलाइ खर्च घटाउने लक्ष्यका साथ दुई नयाँ मोडेल — Gemini 3.6 Flash Gemini 3.5 Flash-Lite — सार्वजनिक गरेको छ। साथै साइबर सुरक्षाका लागि सीमित पहुँचसहितको Gemini 3.5 Flash Cyber नामक मोडेल पनि ल्याइएको छ।

Gemini 3.6 Flash कोडिङ बहुमाध्यम तर्कका लागि निर्माण गरिएको हो, जसले अघिल्लो संस्करणभन्दा १७ प्रतिशत कम आउटपुट टोकन प्रयोग गर्छ प्रदर्शन मापदण्डमा उल्लेख्य सुधार देखाएको फिग्मा, हार्वे, हेब्बिया जस्ता कम्पनीहरूले यसलाई डिजाइन प्रोटोटाइपिङ कागजात विश्लेषणमा प्रयोग गरिसकेका छन्।

Gemini 3.5 Flash-Lite भने ठूलो परिमाणमा छिटो चाहिने काम, जस्तै कागजात प्रशोधनका लागि बनाइएको हो, जुन सस्तो मूल्य (प्रति १० लाख इनपुट टोकन . डलर) मा उपलब्ध यसको वास्तविकसंसारको ज्ञानकार्य मापदण्ड स्कोर लगभग दोब्बर बढेको छ। गुगलले आफ्नो Gemini API मा कम्प्युटरप्रयोग उपकरण पनि सिधै जोडेको , जसले स्वचालित रूपमा अपरेटिङ सिस्टमसँग अन्तर्क्रिया गर्ने शुद्धता ८३ प्रतिशत पुर्याएको छ।

सीमित पहुँचसहितको Gemini 3.5 Flash Cyber मोडेल कोडमा रहेका सुरक्षा त्रुटिहरू पत्ता लगाई सच्याउनका लागि डिजाइन गरिएको हो, यसको दुरुपयोग रोक्न यो हाल सरकार प्रमाणित साझेदार संस्थाहरूमा मात्र सीमित छ। यसैबीच, Gemini 3.5 Pro अझै साझेदार परीक्षणमा रहेको गुगलले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार