Skip to content

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग

धनगढी । कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न आठ विद्यार्थी संगठनले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्न माग गरेका हुन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेमा नेकपा एमाले निकट अनेरास्ववियू, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा विप्लव निकट अनेरास्ववियू क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं, राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र वैज्ञानिक समाजवादी विद्यार्थी सगठन छन् ।

 

प्रतिक्रिया दिनुहोस्