Skip to content

उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपियो, रात्रिकालीन निषेध कायमै

काठमाडौं– काठमाडौं उपत्यकाको निषेधाज्ञा थप भएको छ । निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मलाई कायम गरिएको छ ।

पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको हो । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो।

संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ।

यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजेअगाडि बन्द गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्