काठमाडौँ । बुधबार देशका धेरै ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुका साथै पहाडी क्षेत्रमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।
बेलुकीपख भने कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताए । तिहारको लागि विशेष जानकारीसहितको मौसम बुलेटिन भने आज दिउँसो निकाल्ने तयारी रहेको उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्