काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट बिक्री गरिरहेको छ । नेपाल र बङ्गलादेशबीच आज बेलुका हुने फाइनलका लागि बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री भइरहेको एन्फाले जनाएको छ ।
टिकट किन्नका लागि बिहानैदेखि तोकिएका ठाउँमा भिड लागेको छ । एक जनाले भीआईपीतर्फ अधिकतम दुई वटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रङ्गशालामा जाने उनको सचिवालयले जनाएको छ ।
साफ महिला च्याम्पियनशिपको फाइनल खेल आज बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्