काठमाडौँ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठुलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ ।
पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा आज ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा, धामीहरूले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको सुरुआत गरिएको छ । वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । बाँकी तस्बिरमा हेर्नुहोस्…








तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्