काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १४२ रन जोडेको हो ।
चितवनले काठमाडौंलाई १९.४ ओभरको खेलमा नै अलआउट गरेको थियो । चितनका कमलसिंह ऐरीले अन्तिम विकेट लिएका थिए । चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ । चितवन टिमको नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौंका कप्तान करण केसीले सम्हालेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्