Skip to content

सुनको मूल्य ३,१०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

कालोपाटी

५ दिन अगाडि

काठमाडौँ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ बढेको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। मंगलबार भने मूल्य बढेर तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव तथा स्थानीय मागका कारण मूल्यमा परिवर्तन देखिएको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्