काठमाडौं । माघे संक्रान्ति पर्वको आगमनसंगै राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु लगायतका खाद्य वस्तुको व्यापार बढेको छ । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो ।
ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ । माघे संक्रान्तिका दिन विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु खाने प्रचलन छ। तरुल र सखरखण्ड दुवै कन्दमूल अर्थात् माटोमुनि फल्ने आहार हुन्। यी दुवै फल कार्बोहाइड्रेटको राम्रो स्रोत हुन्। संक्रान्तिको पूर्वसन्ध्यामा बजारमा किनमेल बढेको छ ।
माघे सङ्क्रान्तिको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड तथा पिँडालु र चकुको बिक्री बढेको छ। कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ । उपत्यकाको मुख्य तरकारी बजार कालिमाटीमा मुख्यतया सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकबाट तरुल आउने गरेको व्यवसायी बताउँछन्। पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने अनि माघे सङ्क्रान्तिमा खाने प्रचलन रहेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्