काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी तोलाको ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्