काठमाडौ । गृहमन्त्री सुधन गुरुङले अब देश जेन-जी जनादेश अनुसार अघि बढ्ने बताएका छन् । उनले गलत गर्ने कसैलाई छुट नपाउने बताए । मन्त्रालयमा पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन । अब कुनै काम गर्दा कुनै एक ठाउँमा निवेदन दिएपछि अरु ठाउँमा धाउन नपर्ने गरी एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने बताए ।
उनले केही काम गर्दा कसैले घुस वा पैसा माग्यो भने सीधै खबर गर्न पनि उनले अनुरोध गरे । उनले प्रहरीहरूलाई पनि नियम अनुसार काम गर्न निर्देशन दिए ।
गुरुङले मिडियालाई जिम्मेवार बनेर समाचार सम्प्रेषण गर्न आग्रह गरे । टीआरपीको लोभमा कसैको चरित्र हत्या नगर्न सचेत गराउँदै उनले देश बनाउने अभिभारा सबैको हातमा रहेको बताए ।
नागरिकका गुनासाहरू अब सीधै मन्त्रालयसम्म पुग्ने व्यवस्था मिलाइने प्रतिबद्धता जनाउँदै मन्त्री गुरुङले आगामी ५ वर्ष सुशासनका लागि पूर्णरूपमा समर्पित भएर काम गर्ने र छिट्टै ठोस नतिजा देखाउने उद्घोष गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्