Skip to content

ओली पक्राउको विरोधमा पोखरामा आज पनि प्रदर्शन (सात तस्विर)

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आज पनि पोखरामा प्रदर्शन भएको छ। एमालेका नेता तथा कार्यकर्ताहरूले सडकमा उत्रिएर नाराबाजी गर्दै पक्राउको विरोध गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ओलीको तत्काल रिहाइको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरूले उक्त कदम राजनीतिक प्रतिशोधका रूपमा लिएको आरोपसमेत लगाएका छन्।

प्रदर्शनलाई मध्यनजर गर्दै पोखराका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। ओली पक्राउ प्रकरणलाई लिएर देशका विभिन्न स्थानमा विरोध कार्यक्रम जारी रहेको छ भने यस विषयमा राजनीतिक तर्क–वितर्क समेत तीव्र बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार