काठमाडौं । फिफा विश्वकप २०२६ का लागि डिगो (DGO) एपमार्फत सिजन पास खरिद गर्ने प्रयोगकर्ताहरूले डिगोको गुणस्तर निकै राम्रो भएको तर सपोर्ट निकै झुर भएको गुनासो गरेका छन् । प्रयोगकर्ताहरूले एपको भिडियो क्वालिटी, स्ट्रिमिङ स्थिरता र प्राविधिक पक्ष उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिरहँदा पेमेन्ट लगायतका समस्या परेर सपोर्टमा कुरा गर्दा पनि अपेक्षित सहयोग नपाएको गुनासो गरेका हुन् ।
धेरै प्रयोगकर्ताहरूका अनुसार सिजन पास खरिद गरेपछि लगइन समस्या, डिभाइस एक्टिभेसन, स्ट्रिमिङ अवरोध वा भुक्तानीसम्बन्धी समस्या आउँदा ग्राहक सेवामा सम्पर्क गर्न खोज्दा फोन नउठ्ने, लामो समयसम्म प्रतिक्रिया नआउने तथा समस्या समाधानभन्दा ग्राहकलाई नै दोष दिने प्रवृत्ति देखिएको छ । अधिकांशपटक डिगोले वालेटमै समस्या भएको भन्दै केहि समय कुर्न भन्ने गरेको तर कुर्दा कुर्दा आफ्नो फेबरेट म्याच नै सकिने गरेको गुनासो प्रयोगकर्ताहरुको छ ।
केही प्रयोगकर्ताहरूले डिजिटल वालेटबाट डिगोको प्याकेज खरिद गर्दा समस्या देखिएपछि सहायता माग्दा सम्बन्धित कम्पनीका प्रतिनिधिहरूले ‘वालेटको समस्या हो’ भन्दै जिम्मेवारीबाट पन्छिने गरेको आरोप लगाएका छन्। कतिपयले ग्राहक सेवा प्रतिनिधिहरूको व्यवहारसमेत असहयोगी र झर्किने खालको रहेको गुनासोसमेत गरेका छन् ।
ग्राहकहरू भने विश्वकपजस्तो ठूलो प्रतियोगितामा अतिरिक्त शुल्क तिरेर सेवा लिँदा उत्कृष्ट प्रसारणसँगै सम्मानजनक ग्राहक सेवा पनि अपेक्षा गर्ने बताउँछन्। ‘भिडियो क्वालिटी त साँच्चै राम्रो छ, तर समस्या पर्दा सहयोग माग्न जाँदा इगो देखाइन्छ,’ प्रयोगकर्ताहरुले सामाजिक संजालमा गुनासो पोखेका छन् ।
प्रविधि विज्ञहरूका अनुसार ठूलो संख्यामा प्रयोगकर्ता जोडिने खेलकुद प्रतियोगिताका बेला प्राविधिक गुणस्तर जति महत्वपूर्ण हुन्छ, ग्राहक सेवा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। तर डिगो भने यहीँ चुकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्