कैलाली स्थित क्वारेन्टाईनमा रहेका ४५० बढी भारतीय नागरिकलाई भारत पठाईदै (तस्विरमा…)

भारतीय नागरिक
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, २ जेठ ।
कैलालीका बिभिन्न क्वारेन्टाईनमा रहेका ४ सय ५० भन्दा बढि भारतीय नागरिकलाई आज भारत पठाईदैछ ।

हहिले उनीहरुको गौरीफन्टामा र्यापिड टेष्ट भईरहेको छ । र्यापिड टेष्टपछि उनीहरुलाई नेपाली नागरिकलाई पुर्याउन आएको बसमा भारत लगिनेछ ।

भारतीय नागरिक
भारतीय नागरिक

धनगढीमा १ सय ३ जना भारतीय नागरिक क्वारेन्टाईमा थिए । टीकापुर र जोशीपुरमा रहेका ३० जनालाई आज बिहान धनगढी ल्याईएको थियो ।बिभिन्न स्थानबाट ल्याईएका भारतीय नागरिकलाई आज गौरीफन्टा नाका भएर भारत पठाउन लागिएको हो ।

भारतीय नागरिक
भारतीय नागरिक

धनगढी ल्याउन बाँकी र लगत संकलनमा छुटेका कैलालीका बिभिन्न स्थानमा रहेका भारतीयलाई पनि यथाशिघ्र भारत पठाईने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता तथा प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

भारतीय नागरिक
भारतीय नागरिक

धनगढीका बिभिन्न होटलमा काम गर्ने भारतीय नागरिकहरु पनि आज घर फर्केका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्