नाकासम्म बस, स्वदेशमा टिप्परको यात्रा

मजदुर
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ २ ।
कैलालीसँग सिमाना जोडिएका भारतका सिमावर्ति क्षेत्र पलिया लगाएतका क्वारेन्टाइनमा डेढ महिनादेखि बस्दै आएका मजदुरहरुलाई आज स्वदेश फिर्ता गरिएको छ । भारतका विभिन्न सहरमा अलपत्र परेका ४ सय बढी नेपाली नागरिकलाई कैलालीको त्रिनगर भन्सार नाका भएर नेपाल प्रवेश गराईएको हो ।

नेपाल प्रवेश गराईएका नेपाली नागरिकको सिमामै र्यापिड टेष्ट गरि परिक्षण पछि मात्रै गन्तव्यमा लैजाने तयारी गरिएको थियो । तर नेपाल सरकारले गरेको व्यवस्थापन भने कमजोर देखिएको छ । भारतका विभिन्न क्षेत्रबाट नेपाली नागरिकलाई बसको व्यवस्था गरि व्यवस्थित रुपमा सिमानाकासम्म पुर्याइएको थियो । सिमासम्म बसको यात्रा गरेका नेपाली मजदुर नेपालको सिमाबाट क्वारेन्टाइन क्षेत्रमा पुग्नको लागि टिप्परको यात्रा गर्न बाध्य बनेका छन् ।

सिमानाकाबाटै गरिएको टिप्परको व्यवस्थाका कारण क्वारेन्टाइनको बसाई झनै असहज हुने हो कि भन्ने पिर भएको उनिहरु बताउँछन् । भारतले सिमासम्म सुरक्षित रुपमा पुर्यायो । सामाजिक दुरी कायम गर्दै नेपाल पठायो । नेपाल प्रवेश भयौँ, एकदम खुसि छौँ तर व्यवस्थापन देख्दा दिक्क पट्यार लागेर आयो । उनिहरुले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्