बझाङ्गमा सुरु भयो भिडियो एक्सरेको अभ्यास, चेकजाँचका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य

भिडियो एक्सरे
Ad
  • कालोपाटी सम्बाददाता

बझाङ्ग, जेठ ३ ।
सुदूरपश्चिम प्रदेशको विकट जिल्लाको रुपमा रहेको बझाङ्गमा आजबाट भिडियो एक्सरेको अभ्यास सुरु भएको छ । जिल्लाको बुंगल नगरपालिकामा पहिलो पटक अल्ट्रासाउन्ड (भिडियो एक्सरे) मेसिनबाट गर्भ जाँच सुरु भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानिय तहमा रहेको स्वास्थ्य संस्थाकको नसिंङ्ग कर्मचारीहरुका लागि अल्ट्रासाउनन्डको तालिम सञ्चालन गरेको थियो । सोहि अनुरुप बुंगल नगरपालिका वडा नम्बर ४ को खिरातडी स्वास्थ्य चौकीमा अल्टसाउन्ड मेसिनद्धारा गर्भ जाँच गर्ने अभ्यास सुरु गरिएको हो ।

स्थानिय तहमै गर्भवती महिलाहरुको भिडियो एक्सरे प्रविधिद्धारा चेकजाँच गरिने भएपछि दैनिक जाँचका लागि लामो दुरी तय गरि चैनपुर तथा धनगढी लगाएत अन्यत्र जानुपर्ने समस्याको अन्त्य भएको छ । स्वास्थ्य चौकीमै अत्याधुनिक प्रविधिबाट जाँच हुन थालेपछि प्रजननसँग सम्बन्धित समस्याहरुको समाधान भएको स्वास्थ्य चौकीकी अ.न.मी. प्रमीला कु. बोहोरा (धामी) ले बताउनुभयो ।

धामकिा अनुसार बुंगल नगरपालिकाभरिका जुनसुकै वडाका गर्भवती महिलाहरुलाई चेकजाँच तथा बच्चा जन्माउनको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अल्ट्रासाउन्ट मेसिनबाट गर्भमा रहेको शिशुको सम्पुर्ण अवस्थाबारे जानकारी पाउन सकिन्छ । कतिपय अवस्थामा महिलाको पाठेघरभन्दा ठुलो शिशु भएको र उक्त कुराको समयमै जानकारी हुन नसकेमा महिलाको ज्यान जान सक्छ तर यस प्रविधिको अभ्यास सुरु भएसँगै उक्त समस्याको पनि अन्त्य भएको छ, उहाँले भन्नुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्