धुलिखेलमा २९ वर्षिय महिलाको मृत्युः आरडिटी र पिसिआर रिपोर्ट पोजेटिभ, पुन परिक्षणका लागि टेकुमा स्वाब पठाइयो

धुलिखेल
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, जेठ ०३ ।
धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ।  


धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको बिहीबार राति मृत्यु भएको थियो। कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको श्‍वासप्रस्वासमा समस्या देखिएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।  


श्वासप्रश्वासमा समस्या आएपछि ती महिलालाई अस्पताल ल्याइएको थियो। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले भने, ‘श्वासप्रश्वासमा समस्या भएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन्, उनको ९ दिनको बच्चा रहेको जानकारी प्राप्त भएको छ ।’ ती महिला सिन्धुपाल्चोक जिल्ला बाह्राविसे नगरपालिका वडा नं. ९ निवासी हुन् । गत वैशाख २७ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन्। 


तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो।  आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो। ती महिलालाई बिहीबार साँझ धुलिखेल अस्पताल ल्याइएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्