धनगढीमा कुहिएको चामल प्रकरणः थप अनुसन्धानका लागि सम्पुर्ण कागजात अख्तियारको केन्द्रिय कार्यालय टंगाल पठाइयो

अख्तियार
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ३ ।
धनगढी उपमहानगरपालिका भेटिएको कुहिएको चामल प्रकरणको विषयमा थप अनुसन्धानका लागि सम्पुर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगाल पठाईएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा छानबिनका क्रममा भेटिएको कुहिएको चामलको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सम्पुर्ण कागजात केन्द्रिय कार्यालयमा पठाएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त राहत रकममध्येको २ करोड ६१ लाख मा ठाकुर ट्रेड लिंकसँग टेण्डर गरि विभिन्न वडाहरुमा राहत वितरण गरिदै आएको थियो । सोहि क्रममा छानबिन गर्दा धनगढीका विभिन्न वडा २, ४, ५ लगाएतका क्षेत्रमा वितरणका राखिएका चामल कुहिएको भेटिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्