नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

डा. विकास देवकोटा
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, जेठ ३ । 
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला हुन् ।

शनिबारमात्रै अहिलेसम्म ११ जनामा संक्रमण देखिएको छ ।

पछिल्लोपटक महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष थपिएसँगै संक्रमित २७८ पुगेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार बोल्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नम्बर–२ र प्रदेश नम्बर–५ मा समान १०९ जनालाई संक्रमण भएको बताए ।

अहिलेसम्म ‘पीसीआर’ विधिबाट २६ हजार ६९१ तथा ‘आरडीटी’ विधिबाट ६५ हजार ७४९ ओटा परीक्षण भएका छन् ।

२४ घन्टामा पीसीआर विधिबाट तीन हजार ५७९ ओटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १६ हजार ३६६ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । ३२० जना ‘आइसोलेसन’मा रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र ३२ जना आइसोलेसनमा रहेका छन् । यो अहिलेसम्मकै बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

यसैबीच, सिन्धुपाल्चोककी सुत्केरीको मृत्यु कोरोना संक्रमणबाट हो कि हैन भनी पुष्टि गर्नेक्रममा रहेको प्रवक्ता देवकोटाले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्