पहिलोपल्ट देखियो नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण

नेपाली सेना
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं,  जेठ ०३ । 
नेपालमा पहिलोपल्ट नेपाली सेनामा पनि कोरोना संक्रमण छिरेको पुष्टि भएको छ ।

नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरस संक्रमण फेला परेको हो । शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

उनीहरु दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय धनुषामा कार्यरत रहेको पाइएको छ ।
दुवै जनामा कोरोना पुष्टि भएको खबर आएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । ‘कोरोना पुष्टि भएका दुई जना हाम्रै संगनका भएको पुष्टि भएको छ, उनीहरु दुवै जनालाई सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा ल्याइँदैछ’, प्रवक्ता पाण्डेले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्