हजारौँको संख्यामा स्वदेश आउँदै सुदूरपश्चिमेली नागरिक, मातृभुमी प्रवेश गराउन मुख्यमन्त्री भट्टलाई अनुरोध

सुदूरपश्चिमेली नागरिक
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ४ ।
छिमेकी मुलुक भारतमा लकडाउन खुकुलो पारेसँगै हजारौँको संख्यामा नेपालीहरु नेपालतर्फको यात्रा तय गरेका छन् । भारत सरकारले स्वदेश फर्कन चाहनेहरुलाई सिमानाकासम्म पुग्न पास दिएपछि अलपत्र परेका नेपाली नागरिकहरु सिमानाकासम्मको यात्रामा हिँडेका छन् ।

भारतका मुम्बई, राजिस्थान, पिलिभित, दिल्लि, गुजराज, आन्द्राप्रदेश लगाएतका ठाउँमा रहेका नेपालीहरु कोहि बस त कोही ट्रकको यात्रा गर्दै सिमातर्फ लम्किएका छन् । भारतले हामीलाई स्वदेश जाने पास दियो । स्वदेशको यात्रामा निस्कियौँ अब नेपाल सरकारले स्वदेश प्रवेश गर्ने वातारण मिलाईदिनुपर्यो, एक प्रवासी नेपाली लोक बहादुर नेगीले बताए ।

त्यस्तै नेगीले भारतमा रहेका पनि नेपाली हुन र प्रदेश सरकार हाम्रो अभिभावक हो भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफुहरुको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्