क्यानडामा कोरोनाको खोप मानिसमाथि परीक्षण गर्न दिने अनुमति

कोभिड १९ भ्याक्सीन
Ad
  • कालोपाटी सम्बाददाता

एजेन्सी, जेठ ०४ ।
क्यानडाको स्वास्थ्य नियमन संस्था हेल्थ क्यानडाले कोभिड–१९ को सम्भावित खोप मानिसमाथि परीक्षणको अनुमति दिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् । 

डलहौजी विश्वविद्यालयको क्यानेडियन सेन्टर फर भ्याक्सिनोलोजीमा यो परीक्षण गरिनेछ ।
शनिवार रिडीयू कटेजबाट बोल्दै ट्रुडोले परीक्षण सफल भएमा औषधि उत्पादकहरूसँग मिलेर नेसनल रिसर्च काउन्सिल अफ क्यानडाले देशमै खोप बनाउने र वितरण गर्ने बताए । 

‘अनुसन्धान र विकासका लागि समय लाग्छ र सही तरिकाले गर्नुपर्छ,’ उनले भने । ‘तर यो उत्साहवर्द्धक समाचार हो ।’
खोपको नाम याड५–एनकोभ हो र मार्च १७ मा चीनले मानिमाथि पहिलो चरणको परीक्षणका लागि यसलाई अनुमति दिइसकेको थियो । 

ग्लोबल न्युजलाई दिएको बयानमा हेल्थ क्यानडाले खोपको नमूना चिनियाँ अनुसन्धान टोली क्यानसिनो बायोलोजिक्सले विकसित गरेको र शुक्रवार परीक्षणका लागि अनुमति दिइएको जानकारी दियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्