नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ पुग्यो, मृत्यु हुनेमा बाँकेका २५ वर्षिय युवक रहेको खुलासा

मृत्यु
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, जेठ ४ । नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बाँकेका २५ वर्षी युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

युवक ३० वैशाखमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको हिजो स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको र उपचारका क्रममा आज विहान निधन भएको डा। देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि २ वैशाखमा निधन भएकी सुत्केरीको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्