२ महिनादेखि अलपत्र सुदूरपश्चिमेली नागरिक, आफै पैसा तिर्दै गृह जिल्ला जाँदै

धनगढीमा रोकिएका बस
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ८ ।
कोरोना भाइरसका कारण गरिएको लकडाउनमा अलपत्र परेका सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक आज आफै पैसा तिरेर गृह जिल्ला जाने तयारीमा रहेका छन् । भारतको विभिन्न सहरहरुमा अलपत्र परेका सुदूरपश्चिमेली नागरिक आज धनगढीबाट गृह जिल्ला जाने तयारीमा रहेका छन् ।

भारतको नासिक, मुम्बई, राजिस्तान, पिलिभित, दिल्लि लगाएका विभिन्न सहरमा रोजगारी गुमाएर अलपत्र परेका झण्डै १५० सुदूरपश्चिमेली जनता आफै पैसा तिरेर गृह जिल्ला जाने तयारीमा पास लिनको लागि जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडी रोकिएका छन् । हामीले आफै प्रतिव्यक्ति रु. ४०० तिरेका छौँ । डडेल्धुराको अजयमेरु गाउँपालिका जाने तयारीमा रहेका एक नागरिकले भने, सरकारले हाम्रो लागि कुनै पहल गरेन, अहिले आफै पैसा तिरेर गृह जिल्ला जान बाध्य बनेका छौँ ।

लाख गुहार गर्दा आफ्नै गाउँकै एक व्यक्तिले आफ्नै गाडीमा घर पुर्याउने तर प्रतिव्यत्ति रु. ४०० लाग्ने सर्त राखेपछि हामी तयार भएका हौँ । एक व्यक्तिले भने, भारतबाट सिमासम्म आउन झण्डै १६ हजार खर्च भयो, भारतमै रु. ५०० तिरेर मेडिकल चेक गराएका छौँ । अब सरकारले केहि गर्ला भन्ने बेला आफै पैसा तिरेर जानु परेको छ । २ महिना भारतकै क्वारेन्टाइनमा बस्यौँ, अब गृह जिल्ला गएरपनि आफ्नो परिवार र देशका लागि क्वारेन्टाइनमा बस्छौँ, उनिहरुले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्