नेपालमा एकैदिनमा २१ जनाले जिते कोरोनासँगको लडाई

कोरोना
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ९ ।
नेपालका थप २१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । शुक्रबार बाँकेका २१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । बाँकेको खजुरामा रहेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत अवस्थामा रहेका २१ जनामा कोरोना संक्रमति नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका ८ का ६० वर्षका धर्मगुरु सहितका २१ जनाको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले बाँके र बर्दियाका २८ जना उपचाररत अवस्मथामा छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्