निसान छाप सच्याउन संविधान संशोधन गर्ने सरकारको निर्णय, लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्शा राखिने

निसान छाप
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, जेठ ०९ ।
सरकारले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

संविधानमा रहेको निशासन छापमा रहेका नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले भारतले अतिक्रमण गरेको यी क्षत्र समेटर बुधबार नेपालको नयाँ नक्सा जारी गरेको छ ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयका लेटर प्याड, बेवसाइड परिवर्तन गर्नु पर्ने छ । अन्नपूर्ण पोस्टले राष्ट्रियको प्रतिक चिन्ह निसान छापमा रहेको नक्सा गलत भएको विषय विगत दुई वर्षदेखि लगातार उठाइरहेको छ । २०७५ साल भदौ २१ गते अन्नपूर्ण पोस्टमा पहिलो पटक निसान छापमा नेपालको नक्सा गलत भन्ने समाचार छापिएको थियो ।

यो संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइ बहुमत पारित हुनुपर्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्