सेती प्रादेशक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्युः आरडिटी नेगेटिभ, पिसिआर रिपोर्ट आउन बाँकी

सेती अस्पताल
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १४ ।
सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भारतको महाराष्ट्रबाट आएका एक जनाको मृत्यु भएको छ । कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसन कक्षमै मृत्यु भएको हो ।

मृतक पुरुषको आरडिटी रिपोर्ट नेगेटिभ आएको र पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको सेती प्रादेशिक अस्पतालको इमरजेन्सि विभागिय प्रमुख जगदिश जोशीले बताउनुभयो । उहाँका अनुसार मृतक पुरुष १३ गते मात्रै धनगढी पुगेका थिए, सुरुमा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि आईसालेसनमा राखिएको थियो ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको र आजै परीक्षण हुने जोशीले बताउनुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्