कञ्चनपुरको क्वारेन्टाइनमा वडा अध्यक्षको मृत्यु, पोष्र्टमाटमपछि कोराना परिक्षण गरिने

वडा अध्यक्षको मृत्यु
Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर, जेठ १४ ।
कञ्चनपुरमा क्वारेन्टाइनको व्यवस्थापनका लागि लागीरहेका एक वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको हो ।

कृष्णपुर नगरपालिका वडा नम्बर ७ को राष्ट्रिय माध्यामिक विद्यालयमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएपछि उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रैकवार विचवाका प्रहरी नायव निरीक्षक भीमसिंह धामीले जानकारी दिनुयभो । उहाँले भन्नुभयो, मृत्युको कारण भने खुल्न सकेको छैन । मृतक रानाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताउनुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्