बैतडीमा गरियो आइसोलेसन कक्षको क्षमता विस्तार, ३ बेडबाट ८ बेड बनाइयो

जिल्ला अस्पताल बैतडी
Ad
  • कालोपाटी सम्बाददाता

बैतडी, जेठ १४ ।
बैतडीको जिल्ला अस्पताल आइसोलेसन कक्षको क्षमता बिस्तार गरिएको छ । यसअघि ३ बेडको क्षमता रहेको आइसोलेसनको क्षमता बिस्तार गरि ८ बेडको बनाईएको हो । कोरोनाका शंकास्पद र संक्रमित व्यक्ति राख्न सहज होस भनेर आइसोलेसनको क्षमता बिस्तार गरिएको जिल्ला अस्पताल बैतडि ले जनाएको छ ।

बैतडीमा गत शुक्रवार एकजनामा कोरोना संक्रमणको पुष्टि भएसंगै जिल्लामा थप जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाईएको हो । जिल्ला अस्पतालमा हाल १ जना कोरोना संक्रमितसहित ३ जनाको उपचार भइरहेको छ । शिवनाथ गाउँपालिका घर भइ कर्तव्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ बर्षीय युवक, उनकी १९ बर्षीय बहिनी र दोगडाकेदार १ रिमका २५ बर्षीय युवक जिल्ला अस्पतातको आइसोलेशनमा रहेका हुन् ।

संक्रमित युवकसंगै थुनामा रहेकी उनकी बहिनी र सिन्धुपलाञ्चोकबाट २ हप्ता अगाडी घर आएका दोगडाकेदारका युवकमा शंकास्पद लक्षण देखा परेपछि आइसोलेशन भर्ना गरिएको हो । उनीहरुको पिसिआर परिक्षण गर्न धनगढी पठाईएको भएपनि रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्