डडेल्धुरामा होटलको बाथरुममा एक महिला मृत फेला

Death
Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, जेठ १४ ।
डडेल्धुरामा एक महिला मृत अबस्थामा फेला परेकी छन् । गयराती जिल्लाको अमरगढी नगरपालिका ७ की अन्दाजी २०-२१ वर्षकी निर्मला बोहोरा मृत अबस्थामा फेला परेकी हुन् ।

अमरगढी–७ मा रहेको रातो गुराँस रिसोर्टमा बोहोरा मृत अबस्था फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृत बोहोराको शव होटेलको बाथरुममा मृत अवस्थामा फेला परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए

घटनास्थलमा अहीले प्रहरी पुगेको छ । मृतकका आफन्तलाई बोलाउने प्रक्रियापनि भएको छ । उनि विवाहित वा अविवाहित भन्ने कुराको भने खुलासा भएको छैन । घटना शंकास्पद भएको भएतापनि अनुसन्धानको क्रममा भएका कारण हत्या वा आत्महत्या के हो भनेर भनि हाल्ने अवस्था भने छैन, न्यौपानेले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्