कोरोना भाइरस जिवन्त रोग हो, ठोस रणनीति निर्माण गरि लकडाउन खोल्नुनै हाम्रा लागि उपयुक्त हुन्छः डा. कायस्थ

डा.कायस्त
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १४ ।
कोरोना भाइरस विरुद्धमा कुनै पनि भाएरस नबनेको र यो अन्य भाइरस, महामारी जस्तै जिवन्त रहिरहने वरिष्ठ फिजिसियन चिकित्सक डा. सुभेष कायस्थले बताउनुभयो । कालोपाटीमा बोल्दै कायस्थले विश्वभर कोबिड १९ को आतंक र त्रास बढ्दै गएको बेला अब भने हामीले पनि यसको प्रत्यक्ष सामना गर्नुपर्ने बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण ह्वात्तै नभएर बिस्तारै क्रमिक रुपमा एकपछि अर्को हुँदै विकराल रुप लिदै जान्छ । डा. कायस्थले भन्नुभयो, यो भाइरसको संक्रमण बिस्तारै रुपमा फैलिदै गएर एकाएक बम जसरी बिस्पोट हुन्छ । कारोना भाइरस संक्रमणको प्रमुख कारण भौगोलक दुरी र सुरक्षा व्यवस्था कमजोर हुनु हो र नेपालमा पनि अहिले संक्रमण बढ्दै जानुको कारण आफ्नै लापरबाही रहेको उहाँले बताउनुभयो ।

नेपालमा संक्रमण बढ्नुको मुख्य कारण अनियन्त्रित रुपमा बिना चेकजाँच प्रवासबाट भित्रिने हजारौँको संख्या भएको बताउँदै उहाँले नेपाल सरकारको कमजोरी र ढिलासुस्तीका कारणले भाइरस फैलिएको बताउनुभयो । सुरुवाती चरणमै लकडाउन र सबै नाका बन्द गरियो तर केही नाकामा गरिएको खुकुलोपनाका कारण एउटै नाकामा हजारौँको भिड लाग्दा जोखिम बढेको छ, उहाँले भन्नुभयो ।

नेपालमा कोरोना भाइरसका कारण उत्पन्न हुने अकल्पनिय जोखिमका बारेमा थाहा हुँदा हुँदै पनि पहल नगरेकै कारण आज संक्रमणले तिव्र गति लिएको हो । सम्भावित जोखिम र संक्रमणको परिकल्पना स्वरुप पहल गर्नुपथ्र्यो तर उक्त पहल गर्न बाट भने नेपाल सरकार चुकेकै हो । दैनिक हजारौँको संख्यामा नेपाली नागरिक भित्रिदा पनि उनिहरुको परिक्षण गर्न नसक्नु सरकारको अर्को कमजोरीका रुपमा स्थापित भएको छ, उहाँले भन्नुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्