सरकारको योजनामा पर्यो गेटा र हरैयाः गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने, हरैयालाई विशेष आर्थिक क्षेत्र बनाइने

डा. खतिवडा
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १५ ।
सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने र कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाउने बताएको छ।

बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट मेडिकल कलेज संचालनमा ल्याउने र कैलालीको हरैया क्षेत्रलाई विशेष आर्थिक क्षेत्र बनाउने बताउनुभएको छ । त्यस्तै उहाँले उक्त मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने समेत बताउनुभयो । सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग हो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्