देशभर २४ घण्टामा १५८२ जनाको कोरोना परीक्षण, हालसम्म संक्रमितको संख्या ८२

प्रवक्ता डा. विकास देवकोटा कोरोना परीक्षण बारे जानकारी दिँदै
Ad
  • कालोपाटी सम्बाददाता

 

धनगढी, वैशाख २३ ।
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ जनाको नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म पिसिआर र आरडिटीबाट ६६ हजार ७७ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१३ हजार ८ सय ५० जनाको पिसिआर र ५२ हजार २ सय २७ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए।  मन्त्रालयका अनुसार प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश २ मा ५ हजार ७ सय ७८, बागमतिमा ८ हजार ९ सय ४०, गण्डकीमा ६ हजार ७५, प्रदेश ५ मा ५ हजार १ सय ९३, कर्णालीमा ५ हजार ८ सय ७६ र कर्णाली प्रदेशमा १४ हजार २ सय ४४ जनाको आरडिटिबाट परीक्षण भएको छ। 

मंगलबार बिहान नेपालगञ्जमा सात जना थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ। संक्रमितमध्ये ६१ पुरुष र २१ महिला छन्। १६ जना उपचारपछि निको भइसकेका छन् भने ६६ जना उपचारको क्रममा छन्। 

प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। 

कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन्। मुलुकभर अहिले २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्