लकडाउसंगै दिनहुँको सिमसिमे पानिले डडेल्धुराका कृषक चिन्तित बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, बैशाख २४ । दिपकराज भट्ट (भागेश्वर)
पछिल्ला केही दिन यता देखि डडेल्धुरामा सिमसिमे पानी परिरहेको छ । यो अहिलेको सिजन भनेको गहु काट्ने , दलहन बालि भित्र्याउने र धानको बीउ राख्ने अनि तरकारि लगाउने समय हो । यहाका किसानहरुले तरकारि बिकृि गरेर बर्स भरि खानलाई खाद्यान्न किनेर गुजरा गर्ने गरेका छन् ।

कोरोना भाइरसका कारण देशैभरी गरिएको लकडाउन अवधि बढ्दै गएका बेला सरकारको रणनीति निर्माण हुन नसक्दा सुदूरपश्चिमका किसान मर्कामा परेका त छन नै दिनहु परिरहने पानिले गर्दा किसानले काटेको गहु, मसुरो, जौ, बारिमै उम्रने अबस्थामा पुगेको छ ,र बारिमा नकाटेको गहुमा च्याउरि परिसकेको छ ।

अहिले किसानले बालिनालि भित्राउने समय हो र खेतमा धान रोप्नुका लागि बीउ राख्ने समयका साथै तरकारि लगाउने सिजन पनि हो । पछिल्ला केही दिन यता पानी परिरहेकाले आफुहरुले काटेको गहु भित्र्याउन नपाएको र खेतमै उम्रनु लागेको छ , अनि नकाटेको गहु,जौ,मसुरो कुहिनै लागेको छ जसको परिणाले पछि खाद्यान्न अभाव हुने त हैन रु भागेश्वर ४का स्थानीय मदन मालिले गुनासो पोखे ।

लगाएको तरकारिले बजार पाएन :
लकडाउनका कारण सबै सेवा ठप्प छन्, व्यापार व्यवसाय बन्द भएका बेला सुदूरपश्चिमका पाहाडी जिल्लाका किसानहरु समस्यामा परेका छन् । जसको सबैभन्दा ठुलो भार डडेल्धुरका व्यवसायी तथा किसानहरुले खेप्दै आएको गुनासो गरेका छन् ।

जिल्लाको अमरगढि नगरपालिका ,भागेश्वर गाउपालिका तरकारि उत्पादन का लागि पकेट क्षेत्र मानिन्छन् । यहा उत्पादन हुने तरकारि डडेल्धुरा सदमुकामको बजार , तराई का जिल्लामा खपत हुने गरथ्यो अहिले लकडाउन ले गर्दा बजारमा पसलहरु बन्द रहेका छन, जसको प्रत्यक्ष असर किसानहरुमा परेको छ ।

आफुहरुले अघिल्ला बर्षमा यहि सिजनमा तरकारि (आलु ,बन्दा) बिक्री गरेर हजारौँ रुपैया आम्दानि गरेका तर यस बर्ष लकाडाउनुले गर्दा सबै बजार बन्द रहेकाले तरकारि बारिमै कुहिने चिन्ता ले पिरोलेको व्यवसायिक किसानहरुले गुनासो गरेका छन् ।

बारिमा लगाएको काँक्रा, फर्सी, लौका खपत नहने पो हो कि ? भन्ने चिन्ताले सताएको भागेश्वर ४ का प्रेम ओडले बताए । उनले भने, सरकारले लकडाउन अवधि थप्दै जादा बजार बन्द हुने भएकाले निकै चिन्तित बनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्